जसपामा अन्तर्घातको आरोप लाग्नेमा अधिकांश केन्द्रीय नेताहरु

राजनीति

काठमाडौं, २ फागुन । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लाग्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरु रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिबलाल थापा नेतृत्वको छानवीन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरुसँग बयान लिइसकेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरुसँग बयान लिइसकेको छ ।

सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको छानवीन सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने छ ।

अन्तरघातको आरोप पुष्टि भएमा उनीहरुमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारवाही हुने जसपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ