विधानको मस्यौदामाथि सुझाव संकलन गर्दै जसपा

राजनीति

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ ।

शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारुपबारे छलफल गरेको छ ।

पहिचानमा आधारित (१०+१) राष्ट्रिय समिति र विद्यमान सात प्रदेशबीचको अधिकार क्षेत्रका बारेमा आजको छलफल केन्द्रित रह्यो ।

सांगठनिक संरचनाबारे केन्द्रित छलफलमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, शिबलाल थापा, सुशीला श्रेष्ठ लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।

विधान अधिवेशन चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ