एमालेले समर्थन फिर्ता लिने

राजनीति

काठमाडौं, १५ फागुन । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि सचिवालयको निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले पूर्व सहमति कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

नेता पौडेलले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुने दाबी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ