‘सरकार पुनर्गठनमा आजसपासँग धोका भयो’

राजनीति

काठमाडौं, १७ चैत । मन्त्रिपरिषद् विस्तारमा धोका भएको आम जनता पार्टीले निष्कर्ष निकालेको छ ।

यसअघि आजपाका अध्यक्ष एवम् सांसद प्रभु साहलाई मन्त्री बनाउने कुरा बाहिरिएको थियो ।

आजपाको तर्फबाट प्रवक्ता सिबी साहले एक विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई सहभागी नगराउनु अपमानजनक धोका भएको टिप्पणी गरेका छन् ।

प्रवक्ता साहले भनेका छन्, ‘गठबन्धनको बैठकमा स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीको लागी भाग छुट्याउने प्रस्ताव गर्नू, निर्णय गर्नू र बाहिर प्रचार पनि गर्नू तर सरकार पुर्नगठन गर्दा भने आम जनता पार्टीलाई सहभागी नगराउनु हामीप्रतिको अपमानजनक धोखा हो ।’

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ