रास्वपाको दस्तावेजलाई अन्तिम रुप दिन कार्यदल गठन

राजनीति

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले आफ्नो दस्तावेजलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको छ ।

रास्वपाका महामन्त्री डा.मुकुल ढकालको नेतृत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको हो ।

पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन पार्टीका महामन्त्री ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको जनाइएको छ ।

उक्त दस्ताबेजमाथि पटक पटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रूप दिने तयारी रहेका सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ