जनमतको केन्द्रीय समिति विस्तार, प्रवक्तामा डा.यादव चयन

राजनीति

काठमाडौं, २९ असार । डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । जनमतको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको हो ।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ ।

पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ ।

यसैगरी, डा. शरदसिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ