विराटनगर, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टीको केन्द्रिय समितिको बैठक बस्न नसक्दा कुनै पनि विषयमा पार्टीले उपयुक्त निर्णय लिन नसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई सङ्गठित र विधि संवत् तरिकाले अघि बढाउन पनि बैठक आवश्यक रहेको बताए ।
केन्द्रिय समितिको अब बस्ने बैठकमा नियमित तवरले पार्टीलाई अघि बढाउन आफूले पार्टीको आगामी एक वर्षको कार्ययोजना प्रस्तुत गर्न लागेको उनले बताए ।
तपाईको प्रतिक्रिया