मन्त्रालयको भागवण्डा नमिल्दा सुदूरपश्चिम सरकारमा नाउपा सहभागी नहुने

राजनीति

धनगढी, ९ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा भागवण्डा नमिलेको भन्दै नागरिकता उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी नहुने भएको छ ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकोले सहभागी नहुने जनाएकी छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले नाउपालाई एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी गराई शपथ ग्रहण गराउने तयारी गरेका थिए ।

तर मन्त्रालयको भागवण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीले मुख्यमन्त्रीलाई जानकारी गराएकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ