विकास निर्माण र सम्वृद्धिको अभियन्ता भएर काम गर्नुपर्ने बेला आएको छ : ओली

राजनीति

विराटनगर, १० भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूले राजनीतिक अभियानसँगै विकास निर्माण र सम्वृद्धिको अभियन्ता भएर काम गर्नुपर्ने बेला आएको बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश सङ्गठन कमिटीको सातौँ पूर्ण बैठकलाई विराटनगरमा सम्बोधन गर्दै उनले देश र परिवर्तनका लागि समर्पित भएर काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

नेकपा एमाले जिम्मेवार र अनुशासित पार्टी भएकाले पार्टीप्रति नेपाली जनताको ठुलो आशा र भरोसा रहेको उनले बताए ।

अध्यक्ष ओलीले विभिन्न जातीय समुदायको आ–आफ्नै पहिचान रहेकाले नेपालीहरू बीचको सांस्कृतिक एकतालाई कसैले बिथोल्न नसक्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ