मोर्चाको प्रदेश समन्वय समिति घोषणा

राजनीति

रुपन्देही, १२ भाद्र । समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ ।

जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।

जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जसपाबाट नवीनकुमार सुनुवार, मणिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट वसन्त सी, नारायण सी र सम्झना सी रहेका छन् ।

समितिको अध्यक्ष चार महिनाका लागि नेकपाले गर्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ