विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सत्ताका लागि सदनमा अवरोध गरिरहेको आरोप लगाएका छन् ।
काँग्रेसले गरिरहेको सदन अवरोध केवल सत्ताका लागि भएको भन्दै ओलीले भने ‘राजनीतिक स्थायित्वका लागि दलहरू एक हुनुपर्ने वेलामा काँग्रेसले यो गतिविधिले प्रतिगामी शक्तिलाई बल पुग्ने छ ।’
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक गतिरोध अन्त्य गर्न काँग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक मूल्यमान्यताको अभ्यासलाई आत्मसात गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य मान्यतालाई बिर्सेर नेपाली काँग्रेसले संसद्मा गर्दै आएको गतिविधिले काँग्रेसलाई फाइदा नहुने बताए ।
तपाईको प्रतिक्रिया