वीरगंज, २० भाद्र । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदिप यादवले सरकारले स्थानीय तहमा महिलालाई कोटा लागु गरेझै प्रदेश र प्रतिनीधिसभाको चुनाव लडन् अनिवार्य महिला कोटा लागु गर्न सरकारसँग माग गरेका छन् ।
संघीय समाजवादी महिला फोरम नेपालको पर्सा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद यादवले अहिले बनेका विभिन्न कानुनहरुले महिलालाई अवसर दिएको बताउँदै स्थानीय तहहरुमा अनिवार्य रुपमा महिलालाई कोटा छुटयाएकोले घरबाट बाहीर निस्कन् नसकेका महिलाहरु अहिले चुनाव जितेर नेतृत्व गर्ने तहमा पुगेकोमा खुशी व्यक्त समेत गरे ।
अगामी दिनमा महिलाहरुलाई थप अवसर प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिँदै विधायक र सांसदमा समेत अनिवार्य महिला कोटा राख्न सरकारसँग जोडदार माग गरेका छन् ।
मधेश आन्दोलन नभएको भए मधेशका महिलाहरु अहिले घुंघटमै हुन्थे तर अहिले आन्दोलनको देन हो अहिले मधेशका महिलाहरु आफ्नो अधिकार जान्ने भएका छन् घरबाट बाहिर निस्कन पाएका छन् । मधेश आन्दोलनले धेरै पिछडीएका मधेशका महिलाहरुमा जागरुक्ता लयाएको बताए ।
सांसद यादवले विभिन्न चरणमा भएको महिला आन्दोलनको कारण सरकारले संविधानमै महिलाहरुको लागी ३३ प्रतिशत कोटा छुटयाएको बताउदै सोही अनुरुप संघिय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ मा मात्रै ९ वटा कोटाको सिटमा महिलालाई प्राथमीक्ताका साथ नाम समावेश गरेर पठाएको बताए ।
पहिला कानुनमा ३३ प्रतिशत अधिकार महिलालाई दिने उलेख नभएको अवस्थामा पुरुषहरुको मात्र नाम सिफारीसमा हुन्थ्यो र महिलालाई बाईपास गरिन्थ्यो अहिले त्यो अवस्था छैन महिलाहरु धेरै जागरुक भइसकेकोले अब आ आफनो हक अधिकार प्रती सबै महिला जागरुक बन्न जरुरी छ सांसद यादवले बताए ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,करीमा बेगम,रागीनी देवी वर्णवाल,निर्मला यादव, जिल्ला समनवय समितीका सभापति नेक महमद अंसारी,पोखरीया नगरपालीकाकी उप मेयर सलमा खातुन,केन्द्रिय सदस्य विन्दु यादव,जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी,प्रव्क्ता राम नरेश यादव,जिल्ला सह सचिव मुकेश द्धिवेदी,महानगर अध्यक्ष ईश्वर यादव,वडा नम्बर १३ का अध्यक्ष तुफान अंसारी लगाएतको उपस्थीती रहेको थियो । महिला जिल्ला भेलामा पर्साका १ हजार भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया