बाँके, ७ माघ । बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बासिन्दा अहिले पनि आर्थिक अभावका कारण २० फुटमा जडान गरिएका धाराको पानी पिउन बाध्य भएको बताएका छन् ।
नवलपरासी पश्चिम, ७ माघ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडिबाट बाघको छालासहित कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ४ घर भएका एक जना पक्राउ परेका छन् ।
चितवन, ७ माघ । सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् ।
चितवन, ६ माघ । साउदीमा ब्लडमनिको अभावमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, गोठौलीका जलेश्वर चौधरीलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि छैठौ खिचरा महोत्सवमा जलेश्वर बचाऊ अभियान, सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको छ ।
कपिलवस्तु, ६ माघ । कपिलवस्तुको मायादेवी गाउँपालिकाले ५२ जना स्वयम्सेवक शिक्षक भर्ना गरेको छ ।
काठमाडौं, ६ माघ । भारतको वाराणसीमा जनवरी २१ देखि २३ सम्म हुने १५ औँ प्रवासी दिवसको कार्यक्रममा संघीय संसदकी सदस्य चन्दा चौधरीलाई सम्मान गरिने भएको छ ।
काठमाडौं, ६ माघ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ काठमाडौंमा शुरू भएको छ ।
बाँके, ६ माघ । नेपालगंज उपमहानगरपालिका–३ त्रिभुवन चोकस्थित सनफ्लावर ब्युटी पार्लरमा बिजुली सर्ट भई आगलागी भएको छ ।
कैलाली, ६ माघ । गोदावरी नगरपालिका–२ पूर्वरोड बसन्तपुर टोल बस्ने अन्दाजी २० वर्षीय अरुण भट्टको कुटपिटबाट मृत्यु भएको छ ।
जनकपुरधाम, ५ माघ । माघ ५ गते अर्थात मधेश विद्रोहका शहीदहरुको सम्झना मनाइने बलिदानी दिवस यस वर्ष प्रदेश सरकारले भव्याताका साथ मनाइएको छ ।
चितवन, ५ माघ । खैरहनी नगरपालिकामा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खिचरा महोत्सवमा आयोजना गरेको भेट्रान दौडमा खैरहनी ५ का ४३ वर्षीय हरिप्रसाद शर्मा प्रथम भएका छन् ।
कलैया, ५ माघ । कलैया सिटी जेसीजका १० औ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम दास गेस्ट हाउसको सभाहलमा कार्यक्रम संयोजक संदिप बरैको अध्यक्षतामा सम्पन्न भयो ।
धनुषा, ५ माघ । करेन्ट लागेर जिल्लामा दुई युवाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
कपिलवस्तु, ४ माघ । बुद्धभूमि नगरपालिकाले नगरपालिकास्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगन्ज, ४ माघ । शान्ति पोलि क्लिनिकको आयोजनामा प्रदेश २ मा पहिलोपटक डाइट क्लिनिकको उद्घाटन गरिएको छ ।
महोत्तरी, ४ माघ । गौशाला नगरपालिकामा आगलागी हुँदा साढे रु. ३ लाखभन्दा बढीको क्षति भएको छ ।
वीरगञ्ज, ४ माघ । वीरगंज महानगरपालिकाको आयोजना र महिला मुस्लिम उत्थान मञ्चको सहयोगमा अचार बनाउने तालिम उद्घाटन भएको छ ।
काठमाडौं, ४ माघ । प्रदेश २ सरकारले प्रादेशिक सडक निर्माण, मर्मत सम्भार तथा विस्तारका लागि कानून ल्याउने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले प्रादेशिक सार्वजनिक सडक विधेयकको मस्यौदा तयार गर्न लागेको हो ।
नवलपरासी, ३ माघ । नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ६ स्थित पडरी भन्ने स्थानबाट एपीएफ टोली तथा भन्सारका कार्यालयका कर्मचारीले करीव ७ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार सय ९२ वटा लौकाट बरामद गरेको छ ।
विराटनगर, ३ माघ । मोरङ कटहरी गाउँपालिकामा सञ्चालित एक इँट्टाभट्टाबाट श्रम गरिरहेका छ जना बालकको उद्धार गरिएको छ ।
काठमाडौं, ३ माघ । बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ बैशाख २ गते देखि उडान भर्ने भएको छ ।
सप्तरी, ३ माघ । नेपाली सेनाले आफ्नै लगानी र श्रमदानबाट निर्माण गरेको सुरक्षित तथा लकरसहितको सुविधा सम्पन्न दुई वटा भवन हस्तान्तरण गरेको छ