काठमाडौं, १६ पुस । अंग्रेजी नयाँ वर्षको दिनमा नेपाल भर १,५६७ शिशु जन्मिने अनुमान गरिएको युनिसेफले जनाएको छ ।
नेपाली शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने ३९२,०७८ शिशुको ०.४ प्रतिशत हुनेछ । “नयाँ वर्ष र नयाँ दशकको शुरुवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाहरुबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर हो”, युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने ।
“पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।” प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ ।
तपाईको प्रतिक्रिया