अति विपन्नको लागि क्यानाडाबाट राहत

समाचार

6/7/2020

महोत्तरी, २५ जेठ । कोभिड१९ महामारीबाट जोगिन गरिएको लकडाउनको कारण कामकाज गुमाएका जलेश्वर नगरपालिकाका ६५ परिवारलाई राहत वितरण गरिएको छ ।

नागरिकता नभएका समेतलाई विश्वकर्मा समाज क्यानडाको १ लाख ४ हजार रुपैयाको आर्थिक सहयोगमा जलेश्वर २ पासावन टोलका २५ तथा जलेश्वर ३ खैरा टोलका ४० जना मुसहर समूदायलाई खाद्यान्नसहितका सामग्री सहयोग गरिएको दलित समूदायका अगूवा सिजेन्द्र सदाले बताए ।

खाद्यान्न वितरण कार्यक्रममा जलेश्वर २ का वडाअध्यक्ष बरुण दाहाल, कानून व्यवसायी बिक्रम पासवान, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य बिक्रु पासवानसहितका ब्यक्तिहरुले हरेक वर्गबाट अति विपन्नका लागि सहयोगका आवश्यकता रहेको बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ