संघीय सरकार प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्दैछ : राउत

समाचार

3/3/2020

जनकपुरधाम, २० फागुन । संघीय सरकारले वीरगंज चिनी मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकारले अदालत जाने तयारी गरेको छ । 

जनकपुरमा मंगलबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले वीरगंज चिनि मिलको जग्गा विक्री गर्ने संघीय सरकारको निर्णय विरुद्ध प्रदेश सरकारले अदालतमा मुद्दा दिन लागेको बताए । 

उनले बन्द अवस्थामा रहेको चिनि मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो विक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्रभित्र हस्तक्षेप गरेकाले त्यस विरुद्ध आफुहरु अदालत जान लागेको पनि बताए ।

उनले संघीय सरकार पटक पटक प्रदेशको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्दै संघीयताको मर्मलाईलाई समाप्त गर्ने खेल गरिरहेको आरोप समेत लगाए । केही दिन अघि मात्र संघीय सरकारले वीरगंज चिनि मिलको ६ विग्घा जग्गा विक्री गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ