नयाँ दिल्ली, २६ फागुन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेका छन् । भेटमा आपसी हित र मित्रता विस्तारको बारेमा कुरा भएको छ ।
साथै मुख्यमन्त्रीमा निर्वाचित भएका नेता केजरीवाललाई ढकालले बधाई दिएका थिए । ढकालले मुख्यमन्त्री केजरिवालले पहलकदमी लिएको विकास र सुशासनको नमूना सबैको लागि उत्प्रेरित रहेको बताएका थिए ।
साथै ढकालले मित्रताको लागि उपयुक्त समयमा नेपालको भ्रमण गर्न आग्रह पनि गरे । नेता केजरीवालले नेपाल अत्यन्त घनिष्ट छिमेकी मित्रराष्ट्र भन्दै भ्रमणको इच्छा व्यक्त्त गरेका थिए ।
तपाईको प्रतिक्रिया