अनटेस्ट मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा युवकको मृत्यु

समाचार

7/23/2020

सिरहा, ८ साउन । गोलबजार नगरपालिका–३ जमनटकीस्थित सडकमा स.१च८८५ नम्बरको एम्बुलेन्सले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–७ चियाबारी बस्ने २४ वर्षीय उमेश महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भूमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि न्यूरोअस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका–१०ढोडना बस्ने १९ वर्षीय भरत महराको भूमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ