नवलपरासीमा दोस्रो अन्तरदेशीय जल सम्मेलन सुरु

समाचार

12/26/2019

काठमाडौं, १० पुस । पश्चिम नवलपरासीमा दोस्रो अन्तरदेशीय जल सम्मेलन सुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत नारायणी तट ठाँटीघाटमा नदी अधिकार मञ्च साउथ एशिया कमिटीद्वारा आयोजित सम्मेलन शनिबारसम्म चल्ने छ । सम्मेलनमा नेपाल, भारत र बंगलादेशका नदी प्रभावित क्षेत्रका करिब २०० प्रतिनिधिको सहभागिता छ । 

तीन दिने सम्मेलनले नेपाल, भारत र बंगलादेशका नदी प्रभावित क्षेत्रका पीडितहरूको दीर्घकालीन समाधानका उपायबारे व्यापक छलफल हुने नदी अधिकार मञ्च साउथ एशिया कमिटीका अध्यक्ष वृजराज कुशुहवाले बताए । गण्डक क्षेत्र आसपासमा बस्ने स्थानीयहरुको समस्या, समाधानको उपाय, आवश्यक सवालका मुद्दाहरु समावेश गरी घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने छ । 

नदी पीडितसँगको हातेमालो गर्दै नेपालका साथै भारतीय तथा बंगलादेशका नदी पीडितहरूको सञ्जाल (नदी अधिकार मञ्च) बनाइएको हो । एउटा नदी धैरे समुदायको सिद्धान्तमा अग्रसर यस अभियानले दोस्रो अन्तरदेशीय सम्मेलन नेपालमा आयोजना गरेको हो । पहिलो सम्मेलन अघिल्लो वर्ष बंगलादेशमा भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ