अन्तर्राष्ट्रिय परिदृश्यमा बेइजिङको स्थिती कमजोर बन्दै

समाचार

7/9/2020

काठमाडौं २५ असार । पूर्वी लद्दाखमा चीन र भारतबीच झडप भएपछि यसको अन्तराष्ट्रिय स्तरमा समेत प्रभाव बढेको छ । खासगरी भारतलाई अमेरिका यूरोपका देशहरु अष्ट्रेलिया जापानले साथ दिएपछि चीन अन्तर्राष्ट्रियस्तरमा घेरावन्दीमा परेको झै देखिएको छ ।

विश्वका धेरै जसो मूलुकहरुले चीनप्रतिको दृष्टिमा परिवर्तन गरेका छन् । भारतको पक्षमा धेरै मूलुकहरुले विभिन्न सहयोगि कदम चालेका छन् ।

फ्रान्सले भारतलाई सैन्य सहयोग गर्ने घोषणा गरेको छ । फ्रान्स पहिलो देश बनेको छ, जस्ले भारतलाई सैन्य सहयोग गर्नका लागि अफर गरेको हो ।

त्यस्तै संयुक्त राष्ट्र सुरक्षा परिष्दमा कराची आक्रमण घटनाको विषयमा अमेरिका र जर्मनीले चीनको कदमलाई भीटो प्रयोग गर्दै रोकेको छ । सन् २०१४ मा पाकिस्तानको कराचीमा १० आक्रमणकारीहरुले आत्मघाती आक्रमण गरेका थिए । पाकिस्तानले सो घटनाको आरोप भारतलाई लगाएको थियो ।

त्यस्तै पहिलो पटक भारतले संयुक्त राष्ट्र मानवधिकार परिषदमा ‘एक चीन नीति’को अस्विकार गरेको छ । हङकङमाथि लागु गरेको राष्ट्रिय सुरक्षा कानुनलाई उदृत गर्दै भारतले एक चीन नीतिको मान्यता अस्विकार गरेको हो । हङकङ र चीन दुईटा राज्य छन् भन्ने भन्ने धारणाको विपरित एक चीन नीति भनेको चीनको नाममा एकमात्रै सार्वभौम राष्ट्र छ भन्ने हो ।

त्यस्तै चिनियाँ जासुसहरुका विरुद्ध राष्ट्रिय सुरक्षालाई प्राथमितामा राखि भारतले टिकटकमा प्रतिबन्ध लगाएको घटनाको अमेरिकाले प्रशंसा गरेको छ । त्यस्तै बेलायतले हङकङका झण्डै ३० लाख मानिसहरुलाई ५ वर्षसम्म बेलायतमा बस्न सक्ने अफर गरेको छ ।

त्यसपछि उनीहरुलाई नागरिकता दिइने बताएको छ । अमेरिकाले विश्वकै ठूलो मोबाइल एवं टेक कम्पनी हुवावे माथि प्रतिबन्ध लगाएको छ ।

यसबीचमा पश्चिमी विश्लेषकहरुले के सम्म भनेका छन् भने, ‘भारतले दशकौंपछि चीनविरुद्ध आफ्नो किक हान्न सक्ने सार्मथ्य गरेको छ, जुन प्रशंसनीय छ ।’ यो भन्दा पनि रोचक विषय के छ भने भारतले तत्कालै रसियासँग किनेको एस ४०० मिसाइलकाविरुद्ध चीनले गरेको गुनासोलाई रसियाले टेरेको छैन् ।

रसियाले एकवर्षभित्रै एस ४०० मिसाइल सिस्टम भारतमा पु¥याउने भएको छ । २०२० को जुनमा भएको यो एक उल्लेखनीय काम हो । चीनसँग सहकार्य गरिरहेको पाकिस्तानलाई युरोपेली आयोगले ६ महिनाका लागि उडान प्रतिबन्ध गरेको छ । यसरी पछिल्ला घटनाक्रमहरुलाई नियाल्ने हो भने चीनले आफ्नो स्थितिलाई सुधार्न निकै नै कसरत गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ