अनुहार होइन सेवाग्राहीको सूचनाको कार्य प्रकृति हेरेर अनुसन्धान गर्नु : प्रहरी नायव महानिरीक्षक

समाचार

2/29/2020

काठमाडौं, १७ फागुन । सूचनालाई व्यक्तिको अनुहार हेरेर प्राथमिकता होइन कार्य प्रकृति हेरेर अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहत कार्याहरूका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कार्मचारीहरूलाई शुक्रबार दिउसो नेपाल पुलिस क्लव भृकुटी मण्डपमा निर्देशन दिदै सो कुरा बताएका छन् ।

निर्देशन दिँदै पोखरेलले नेपाल प्रहरीको सफलताको सूचक अपराध अनुसन्धान भएकाले लोभ(लाभमा नपरी निश्पक्ष,पारदर्शी र भेदभावरहित अनुसन्धान हाम्रो प्रमुख एजेन्डा हो भन्दै व्यक्ती अनुसार फरक फरक अनुसन्धान हुन्छ भन्ने आरोप लाग्ने गरेकाले सो गर्न नपाउने गरी कार्य गर्नु पर्ने बताए ।

प्राप्त सूचनाको सहि विश्लेषण गरी तल्काल रिएक्ट गर्न निर्देशन समेत दिए । अपराध अनुसन्धानमा कार्य गर्ने सम्पूर्ण कर्मचारीहरू कार्यगत रूपमा विशेष भएकाले यसको गाम्भिर्यतालाई मनन गर्दै एउटा जवानले गल्ती गर्दा त्यसको जिम्मेवार कमाण्डर पनि हुनु पर्ने त्यसले उन्नमुक्ती नपाउने बताए ।

घटनाको अनुसन्धान गर्ने क्रममा समयानुकुल अभिलेखिकरण गर्ने र डकुमेन्टेशनमा कहीकतै नचुक्नु भन्दै कानुन कार्यान्वयमा निर्ममता पूर्वक प्रस्तुत हुनु समेत निर्देशन दिए ।

तपाइको क्षेत्रमा अपराध कति घटयो, कति सफल अनुसन्धान गर्नु भयो त्यो तपाईको मुल्यांकनको विषय हो भन्दै नागरिकले फरक ढङगले अनुभुती गर्ने गरी कार्य गर्न निर्देशन दिए ।

लोभ, लाभ, प्रभाव र भेदभाव ४ कुराबाट टाढा रहनु भन्दै “रौ” बराबरको कमि कमजोरीलाई पनि आफुले भ्हअगकभ गर्न नसक्ने नसिहददेखि जागिरबाट बर्खास्त गर्नेसम्मको कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ