काठमाडौं, १० जेठ । नेपाल सरकारले भारतमा हालै आएको अंपुन चक्रवातका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चक्रवातका कारण पश्चिम बंगाल र उडिसा राज्यमा ज्यान गुमाउनेहरूका परिवार र भारत सरकारप्रति समवेदना प्रकट गरेको हो । नेपालले चक्रवातमा परी घाइते हुनेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
पूर्वी भारत र बंगलादेशमा बुधबार दिउँसोदेखि आएको चक्रवातले ८० बढी मानिसको मृत्यु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् । नेपालले उक्त चक्रवातका कारण बंगलादेशमा भएको जनधनको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया