काठमाडौं, २२ बैशाख । सांसद तथा पूर्वमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
सांसदहरु बस्नेत, श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार आयोगमा आफूहरुले अपहरण नगरेको र निर्दोष रहेको भन्दै उजुरी दिएका हुन् ।
यसअघि बैशाख १८ गते पूर्वमन्त्री तथा सांसद डा यादवले आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै मानव अधिकार रक्षा गरिदिन माग गर्दै आयोगमा उजुरी दिएका थिए ।
यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् ।
डा.यादवलाई महोत्तरीबाट बन्धक बनाई नेकपाका सांसदहरु बस्नेत र श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले काठमाडौं ल्याएको आरोप लागेको छ ।
तपाईको प्रतिक्रिया