रुपन्देही, ४ पुस । बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त नगर घोषणा गर्न हस्ताक्षर अभियान संचालन भएको छ । भोली औपचारिक घोषणा गरिने कार्यक्रम रहेकोले त्यस अघि अन्य तयारीका साथै हस्ताक्षर अभियानलाई तीव्रता दिइएको हो ।
नगरपालिका कार्यलयमा राखिएको हस्ताक्षर कार्डमा दिनहुँ विभिन्न पेसा तथा सङ्घसंस्थामा आबद्ध मानिसले हस्ताक्षर गर्ने गरेको छन् । यसैबीच यहाँका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरु र नीजि क्षेत्रले बुटवललाई सडक मानवमुक्त बनाउने अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनीहरुले बुटवलले मानव सभ्यतासहितको सहर बनाउने महत्वपूर्ण काम सुरु गरेको भन्दै प्रशंसा गरेका छन् ।
तपाईको प्रतिक्रिया