‘ग्याँस अभाव हुँदैन’

समाचार

3/12/2020

विराटनगर, २९ फागुन । ग्यास र इन्धनको आयातमा कुनै समस्या नभएपनि उपभोक्ता अभाव हुनसक्ने डरमा छन् । घरमा रहेका खाली सिलिन्डर भराउनेदेखि नयाँ सिलिन्डर खरिद गरेर भन्डारन गराउँदै आएका हुन् । कोरोना भाइरस संक्रमणका कारण अभाव हुनसक्ने सम्भावनालाई उपभोक्ताले गरेको आशङ्कालाई भने ग्यास र इन्धनको आपूर्तिको तथ्यांकसँग मेल खाँदैन । बजारमा ग्यासको कृत्रिम अभाव हुने गरी घरमा सिलिन्डर राख्नुको कुनै अर्थ देखिँदैन ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका अनुसार प्रोडक्ड डेलिभरि अर्डर (पीडीओ) लिएका ग्यास उद्योगीले सामान्य अवस्थामा झैँ ग्यास आयात गरिरहेका छन् । उद्योगीले आयात गरेको ग्यास बजारमा समेत साबिक अवस्थामा झैँ पठाइरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ