अमेरिकाको राज्य मिजोरीले चीनविरुद्ध दियो उजुरी

समाचार

4/22/2020

काठमाडौं, १० बैशाख । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मिजोरी राज्यले चीन सरकार तथा त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टी विरुद्ध मुद्दा दायर गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी चीनका कारण फैलिएको र चीनले ‘जानेरै’ भाइरस फैलाएको अभियोग लगाउँदै मिजोरीले कानूनी चूनौति दिएको हो ।

मिजोरीका महान्यायाधीवक्ता एरिक श्मिटले भनेका छन्, ‘चीन सरकारले कोरोना भाइरसको सम्भावित जोखिम र यसको संक्रामक स्वरुपबारे ढाँट्यो ।

रोग नियन्त्रणमा लिनका लागि पर्याप्त प्रयास गरेन । त्यसका लागि चीन जिम्मेवार हुनै पर्छ ।’ कोभिड–१९ बाट भएको मानवीय क्षति, समस्या तथा आर्थिक संकटको क्षतिपूर्ति दिइनु पर्ने माग उजुरीमा गरिएको छ ।

चीनले भने कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफूले पर्याप्त काम गरेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ