काठमाडौं, २८ फागुन । संस्कृतिलाई जोगाई राख्न तथा होलीलगायत हिन्दू संस्कृतिलाई विश्व सामु चिनाउन न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका युवाहरुले होली मिलन समारोहको आयोजना गरेका थिए ।
यो मौकामा समाजका सक्रिय सदस्य रामनि यादवको नेतृत्वमा होली कमिटी गठन गरिएको थियो । अल्बानी मेडिकल कलेजमा रेस्पिरोटरी प्रैक्टिशनर पदमा कार्यरत मुकेश झाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ने विषयमा प्रकाश पार्नुको साथै अमेरिकाका विभिन्न संघसंस्थाले होलि समारोह स्थगन गर्दा आफुहरुले बिशेष स्वास्थ्य सुरक्षा अपनाइ हरेक होलिप्रेमिहरुलाई सैनीटाइजर एवं वाइपस प्रदान गरिएको बताए ।
होली खुशी तथा भाईचाराको संदेश दिने साथै आपसी बैरभावलाई बिर्सी रंगपर्व धुमधामले मनाउने परम्परा रहेको सामाजिक अभियन्ता अनिश केसी एवं राम गुप्ताले बताए ।
होली मिलन समारोहमा सांगीतिक कार्यक्रम बवन कर्ण एवं उद्घोसन्लक्ष्मन केशरीले गरेका थिए । यस होलि समारोहमा नर्थइस्टका विभिन्न राज्यहरुबाट होलिप्रेमीहरुको उपस्थिति रहेको समाजका उप–संयोजक सरिता यादवले अल्बानीबाट जानकारी गराएकी छन् ।
तपाईको प्रतिक्रिया