अयोध्यामा शिलान्यस हुने राम मन्दिरमा जनकपुरको ईटा थप्नुपर्छ : निधि

समाचार

7/31/2020

जनकपुरधाम, १६ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जगत जननी माता सीताको ससुरालस्थित घरको हुने शिलान्यस हुने मन्दिरमा माइती पक्षको ईटा थप्नुपर्ने आग्रह गरेका छन ।

भारतको उत्तर प्रदेशस्थित आयोध्यामा शिलान्यास हुने भगवान रामको घर राम मन्दिरको हुने शिलान्यासमा माता सीताको माइती जनकपुरबाट पनि सो घरमा सुनको ईटा थप्नुपर्ने जानकी मन्दिर व्यवस्थापकसँग उपसभापति निधिले आग्रह गरे ।

विहिबार जनकपुरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले भने, ‘राम मन्दिरमा सीताको माइती जनकपुरबाट पनि प्रतिनिधित्व हुने र सो मन्दिरमा यहाँबाट सुनको ईटा थप्नुपर्ने शुरु देखि नै कुरा भइरहेको छ । तर पछिल्लो समयदेखि कोरोना भाइरसको महामारीका कारण प्रतिनिधित्व हुन नसकेपनि कुनै माध्यमले भएपनि यहाँको ईटा सो मन्दिरमा पठाइनुपर्छ ।’

अयोध्यामा राम मन्दिर निर्माणको क्रममा जानकी मन्दिरका महन्थको अगुवाईमा नागरिक समाजको तर्फबाट आफ्नो समेत सहभागी हुने चाहना रहे पनि कोरोना महामारीका कारण सहभागी हुन कठिन रहेको उनले बताए ।

साथै उनले सो राम मन्दिरमा माता सीताको मूर्ति समेत भगवान रामसँगै राख्नुपर्नेमा पहल गर्न जानकी मन्दिरलाई आग्रह गरे ।

नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको भन्दै उनले कसैले चाहँदैमा सम्बन्ध नबिग्रिने उनले बताए । अयोध्या रामको जन्मभूमि र मिथिला जानकीको जन्म भूमी रहेको पौराणिक मान्यतालाई कसैले अन्त्य गर्न नसक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ