अलपत्र डेढ सय भारतीय मजदुर भैरहवाको क्वारेन्टाइनमा

समाचार

4/2/2020

बुटवल, २० चैत । नेपाल भारत सीमा नाका बेलहियामा अलपत्र परेका नेपालीलाई भारतमा र भारतीयलाई नेपालमै क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्ने काम सुरू भएको छ ।

भारत सरकारले रुपन्देहीको बेलहियाको दशगजा क्षेत्रमा अलपत्र परेका ३ सय नेपालीलाई भारतको नौतनहामा क्वारेन्टाइनमा राख्ने तयारी गरिरहँदा नेपाल सरकारले भने भैरहवामा भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिसकेको छ ।

नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आएका भारतीय मजदुर नेपाल र भारत दुबैतर्फ लक डाउन घोषणा गरेका कारण घर फर्किन नपाएपछि अलपत्र परेका थिए ।

सीमाक्षेत्रमा वारि र पारि दुबै देशका नागरिक अलपत्र पर्न थालेपछि दुबै देशका सरकारले आ(आफ्नो देशमा रहेका नागरिकलाई क्वारेन्टाइनमा राख्ने सहमति गरेका थिए ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नेपालमा अलपत्र परेका भारतीय मजदुरलाई क्वारेन्टाइनमा राखिएको र भारतीय भूमिमा अलपत्र परेका नेपालीलाई भारततर्फकै क्वारेन्टाइनमा राखिने सहमति भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ