अवैध लागूऔषधसहित पक्राउ

समाचार

1/6/2020

रुपन्देही, २१ पुस । तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी रेसुङगा नगरपालिका(८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका छन् ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित आइतबार दिउँसो फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ