काठमाडौं, २५ फागुन । अवधी लोककला प्रर्दशनी नेपाल कला परिषदमा सुरु भएको छ । नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव अभिषेक दुवेले प्रदर्शनीको शुभारम्भ गरे ।
सिभाता लभ फाउण्डेशन र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनद्वारा संयुक्त रुपमा आयोजित अवधी आर्ट प्रमोशन (कार्यशाला तथा प्रदर्शनी २०२०) को प्रदर्शनीमा रागिनी उपाध्याय, डा.कुमुद सिंह, रामदयाल ठाकुर, एरिना ताम्रकार, सीतादेवी कर्ण, रामपुजन ठाकुर, मन गोल्डी, शैलेस गुरुङ, हिरा कर्ण, अंशु कन्दु, श्याम सुन्दर अग्रहरी, सुभम शुक्ल, स्वेता कन्दु र रामवती चौधरीका चित्रकला राखिएका छन् ।
अवधी लोक चित्रकलाका अध्ययेता विक्रम मणि त्रिपाठीका अनुसार, अवधी लोकचित्रकलालाई भित्ति चित्र, भूमि चित्र, ठप्पा चित्र, पात्रचित्रण, गोदना र मेहदीमा वर्गीकरण गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया