काठमाडौं, २० फागुन । रङ्गहरुको पर्व होलीको अवसर पारेर एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले सिड्नीमा होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको छ । आगामी मार्च ६ मा हर्सभिलको मराना अडिटोरियम उक्त कार्यक्रम हुन लागेको हो ।
उक्त कार्यक्रमका लागि रियालिटी सो लोक स्टारको उत्कृष्ट पाँचमा पर्न सफल लोकगायक रविराज शाह, पप गायिका प्रश्ना शाक्य र भोजपुरी गायक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको संस्थाका अध्यक्ष प्रविण चौरासियाले जानकारी दिए ।
अध्यक्ष चौरासियाका अनुसार अस्ट्रेलियामा होली विशेष म्युजिकल कन्सर्टहरु सन् २००८ देखि आयोजना गर्न थालिएको हो । उनका अनुसार गतवर्ष संकलन भएको आर्थिक रकम नेपालका केही स्कुलमा खर्च गरिएको थियो ।
यसवर्ष पनि संकलन भएको ५० प्रतिशत रकम गत महिना न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र अग्नि पीडितलाई उपलब्ध गराउने योजना रहेको अध्यक्ष चौरसियाले बताए ।
तपाईको प्रतिक्रिया