लाफा समुहद्धारा आकस्मिक रक्तदान

समाचार

5/17/2020

बुटवल, ४ जेठ । लकडाउनको समयमा रगत अभाव भएपछि लाफा समूह बुटवलले आकस्मिक रक्तदान गरेको छ ।

लकडाउनको कारण अहिले रक्तदानका कार्यक्रमहरु खासै नभएपछी बुटवलमा रगतको अभाव देखिन थालेपछि लाफा समुहले आकस्मिक रक्तदान गरेको हो । समुहको यो ११ औ रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्र सभाहलमा कार्यक्रम गरिएको समुहका अध्यक्ष तारा रेश्मीले बताए ।

युवाहरुलाई एकतावद्घ गरि खेलुकद र सामाजिक क्षेत्रमा अग्रसर गराउदै आएको समुहले वर्षको दुईपटक रक्तदान गर्दै आएको छ । ब्लड बैकमा विभिन्न समुहको रगत अभाव भएपछि रक्तदान गरिएको उनले बताए । बैकमा अहिले ए र बि पोजिटिभ रगत अभाव रहेको छ ।

समुहका संरक्षक बासुदेव लामिछानेले ३० युनिट रगत सकलन भएको जानकारी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ