आगामी बजेटमा स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रदेश २ को तयारी

समाचार

5/6/2020

जनकपुरधाम, २४ बैशाख । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्ष २०७६÷७७ मा कृषिलाई प्राथमिकता दिएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याउने तयारी गरिरहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बताए ।

उनका अनुसार दोस्रो प्राथमिकतामा कृषि क्षेत्रलाई राखिएको छ । बजेट सन्दर्भमा सात वटै प्रदेशका अर्थमन्त्री सम्मिलित अर्थपरिषद् समन्वय समितिको बैठक अनलाइनमार्फत नै हुने र त्यो छलफलपछि संघबाट आवश्यक निर्देशन आएपछि बजेट निर्माण थालिने यादवले जानकारी दिए ।

‘जुन छलफल हुन्छ र जसरी निर्देशन आउँछ त्यही तरिकाबाट बजेट ल्याइने छ’ उनले भने । उनले पुँजीगत खर्च न्यून भएको समयमा संवैधानिक व्यवस्थाभित्रै रहेर बजेट ल्याइने बताए ।

चालु आवमा प्रदेश सरकारले प्रदेश २ सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ रहनेगरी प्रदेश सरकारले बजेट ल्याएको छ । तर, यसपटक कति ल्याउने भन्ने विषयमा सोच्न नसकिएको मन्त्री यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ