सुनसरी, १२ साउन । सुनसरीमा आगलागीबाट ११ वटा पसल जलेका छन् ।
धरान उपमहानगरपालिका–२ स्थित पालिका तरकारी बजारमा विजुली सर्ट भई सोमबार बिहान आगलागी भएको थियो ।
सो आगलागी हुँदा ११ वटा पसलहरु पूर्णरुपमा जलेर करिब ५२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया