आगलागीबाट २५ लाखको धनमाल जलेर नष्ट

समाचार

3/10/2020

पर्सा, २७ फागुन । वीरगंज महानगरपालिका–२१ परवानिपुरस्थित सनराइज कन्टेनर फ्याक्ट्रीको कस्मेटिक सामान बनाउने कच्चापदार्थ राख्ने गोदाममा सोमबार साँझ करेन्ट सर्ट भई आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ