आफ्ना पुर्खा नेपाली भएको सिक्किमका पूर्वमुख्यमन्त्री चामलिङद्वारा दाबी

समाचार

3/3/2020

काठमाडौं, २० फागुन । सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङले आफ्ना पुर्खा नेपाली भएको पुनः दोहो¥याएका छन् ।

सिक्किमको सत्तामा मुख्यमन्त्रीको रूपमा लगातार २५ वर्षसम्म बसेका चामलिङले पछिल्लो नेपाल भ्रमणका क्रममा आफ्ना पुर्खा नेपाल खोटाङका भएको बताएका हुन ।

संसद र संसद बाहिर पनि आफ्नो भनाइको आलोचना भइरहेकै समयमा चामलिङले गान्तोकस्थित पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै आफ्ना पुर्खाहरु नेपालका भएको पुनः दोहो¥याएका हुन् ।

‘मेरा पुर्खा १७औं शताब्दीमा (करिब ३०० वर्षअघि) नेपालबाट दार्जीलिङ हुँदै सिक्किम आएका हुन्’, चामलिङले भने, ‘मैले त मेरा पूर्खा नेपालबाट सिक्किम आएका हुन् भनेर स्पष्टसँग बताइदिएँ । अब मेरो भनाइको विरोध गर्नेहरूले उनीहरूका पुर्खा कहाँबाट आएका हुन्? यदि सिक्किमकै हुन् भने कहाँका हुन? प्रस्ट पारुन्,’उनले भने ।

मानिस यायावर जाति भएकाले पुर्खौँदेखि घुम्दै हिँड्ने गरेको इतिहास रहेको चामलिङको भनाइ छ । त्यसैले मानिसहरूका पूर्खाहरू एकै ठाउँमा बस्दै आएको इतिहास नरहेको उनको तर्क छ ।

२२ सेप्टेम्बर १९५० मा दक्षिण सिक्किमको याङ्गाङस्थित राङगाङमा जन्मेका पवन चामलिङ ४० वर्षभन्दा अधिक समयदेखि सिक्किमको राजनीतिमा सक्रिय छन् ।

यसअवधि उनी आठ पटक निर्वाचित भई सिक्किम विधानसभा छिरिसकेका छन् । लगातार ५ पटक अर्थात् २५ वर्षसम्म उनी मुख्यमन्त्री भइसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ