आफ्नै भूमिमा सडक बनाएको भारतको दाबी

समाचार

5/10/2020

काठमाडौं, २८ बैशाख । भारत सरकारले लिपुलेकमा बनाएको सडकबारे नेपालले आपत्ति जनाएकोमा आफ्नो जवाफ फर्काउँदै उक्त सडक भारतीय भूमिमै बनाएको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेको हो ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले एक विज्ञप्ती प्रकाशित गरेर आपत्ति जनाएको थियो ।

त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले नवनिर्मित सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ । दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्नो भूमिमा यस्ता गतिविधि रोक्न आग्रह गरेको थियो । भारतको विदेश मन्त्रालयले नेपालको तर्फबाट आएको विज्ञप्ति जानकारीमा भएको भन्दै प्रतिउत्तर स्वरुप उक्त सडक भारतको भूमिमा नै बनेको दावी गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ