आफ्नै श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाउने युवक पक्राउ

समाचार

7/23/2020

सप्तरी, ८ साउन । आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ ।

सदाले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाटखटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको लागि धरान घोपातर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ