आयात रोकिएको छैन : आपूर्तिमन्त्री भट्ट

समाचार

3/9/2020

काठमाडौं, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन् ।

कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताएका हुन् ।

राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताए ।

‘चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको छ’, उनले भने ।

मन्त्री भट्टले उपभोग्य सामानहरु माग बढ्दा केही मूल्य बढ्नु स्वाभाविक भए पनि कालोबजारी हुन नदिने प्रतिवद्धतासमेत जनाए । बजारमा मागअनुसार उत्पादन हुने सामानहरु एक्कासि माग बढ्दा केही मूल्य बढ्नु स्वाभाविक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ