जनकपुरधाम, २४ बैशाख । ग्रामीण विकास केन्द्र रौतटहले कोभिड १९ कोरोना महामारी विरुद्धको लडाईका लागि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कतार च्यारिटेवल ट्रष्टको सहयोगमा आरडिसी रौतहटले उक्त स्वास्थ्य सामग्रीहरु प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई हस्तान्तरण गरेको हो ।
उक्त अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय, आरडिसी रौतहट र कतार च्यारिटेबलका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।
हस्तान्तरिक सामग्रीहरुमा एक सय थान पिपिई, एन ९५ मास्क, सर्जिकल ग्लब्स, र ३१ थान थर्मल गन रहेको छ ।
तपाईको प्रतिक्रिया