इटहरी उपमहानगरद्वारा ६० महिला फुटबल खेलाडी उत्पादन

समाचार

12/31/2019

सुनसरी, १६ पुस । इटहरी उपमहानगरले ६० जना महिला फुटबल खेलाडी उत्पादन गरेको छ । एक महिनासम्म तालिम प्रदान गरेर महिला खेलाडी तयार गरेको हो ।

तालिम प्राप्त महिला खेलाडीको तीन वटासम्म टिम बन्नेछ । इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत् छात्राहरुलाई फुटबल प्रशिक्षण प्रदान गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले अन्तर्राष्ट्रियस्तरसम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन गरिने बताइन् ।

उनले पढाई सँगसँगै फुटबल खेलकुदलाई अघि बढाउन सल्लाह दिइन् । उपप्रमुख गौतमले इटहरीको नाम चिनाउने गरि खेल्न आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ