इन्डो–नेपाल मुशायरा एवं कवि सम्मेलन कार्यक्रम सम्पन्न

समाचार

3/4/2020

रौतहट, २१ फागुन । जिल्लाको राजपुर नगरपालिका पानीटंकी बजारमा इन्डो नेपाल मुशायरा एवं कवि सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य सामाजिक सद्भाव कायम राख्न रहेको थियो ।

नेपालमा मुशायरा एवं कवि सम्मेलन हुन त हुन्थ्यो तर यो पहिलो पटक हिन्दू मुस्लिम कौमी एकता मंचद्वारा भएको छ । यसको प्रभाव र सामाजिक सद्भाव कायम रहोस् भन्ने विभिन्न तर्फमा जति भएपनि ज्ञानको भण्डार नै रहेछ ।

हिन्दू मुस्लिम कौमी एकता मँच तथा बालबिवाह दाइजो प्रथा कवि सम्मेलनको माध्यमबाट आयोजक मो.मोमताज अनुजले आफ्नो कविताको मार्फत हिन्दू मुस्लिम एकता सधैंका लागि कायम रहोस् भन्दै संदेश दिएका थिए ।

सि.वि.ओजका सचिव मो.नसरुल्लाह आसमान नेपालमा शिक्षा लगायत हिन्दू मुस्लिम भाइचाराको एकता बनी रहोस् बारेमा स्थानीयबासी लगायत जनसमुदायलाई संदेश दिएका थिए ।

सामाजिक सद्भाव कायम रहोस् शिक्षा तालिम र बाल विवाह जातपात जस्ता भेदभावहरु नहरहोस् भन्ने अफ्नो शायरबाट बताएका थिए ।

कविहरुले आफ्नो कबिता मार्फत शिक्षाप्रति जागरुक हुन सबैमा आग्रह गर्दै भारतबाट सहभागी हुन आएका कबिहरुले नेपाल र भारतबीच रोटी बेटीको सम्बन्धमा अकाटय रहेको कबिता मार्फत सन्देश दिएका थिए ।

आफ्नो शायरबाट भारतका शायरहरु मो.जमिल, प्रम नाथ अम्बर, मो.मोजाहिद हुसैन, हबिबि, शबनम चाँदनी, गुलेशब्बा, जफर हबिबि तथा नेपालका शायर कारी फैयाज फैजि, मो.मोम्ताज अनजुम, अलताफ अलम रहेका थिए ।

इन्डो नेपाल मुशायरा एवं सांस्कृतिक जगजिवन कायम रहोस् एकता बनाउने काम गर्ने, हिन्दू, गिता, मुस्लिम, कुरान, एकताको धार्मिक बारेमा जानकारी दिएका थिए ।

उक्त कार्यक्रमका विशिष्ठ अतिथि मुस्लिम आयोगका अध्यक्ष शमीम अन्सारी, प्रमुख अतिथिहरुमा नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, अतिथिमा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन थिए ।

उक्त कार्यक्रमको अध्यक्ष राजपुर नगरपालिका प्रमुख मेयर सकिल अखतरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सम्पर्ण वडा अध्यक्षलगायत विभिन्न स्थानीयबासीहरु, बुद्धिजीवी, पत्रकार लगायतका उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको आयोजक हिन्दू मुस्लिम कौमी एकता मंच रौतहट रहेको थियो भने कार्यक्रमको अगुवाई मुस्लिम मिडिया नेपालले गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ