इन्डो–नेपाल सामाजिक मंचद्वारा कृष्णनगरमा कम्बल वितरण

समाचार

2/29/2020

कपिलवस्तु, १७ फागुन । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ बढायामा इन्डो–नेपाल सामाजिक मंचद्वारा कम्बल वितरण गरिएको छ ।

प्रत्येक वर्ष इन्डो–नेपाल सामाजिक मंचद्वारा गरीब दिव्यांग तथा असहाय व्यक्तिहरुलाई कम्बल वितरण गर्दै आएको छ ।

इन्डो नेपाल सामाजिक मंचका अध्यक्ष, समाजसेवी एवम् युवा नेता अकरम पठानको अगवाईमा कम्बल वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै इन्डो–नेपाल सामाजिक मंचका अध्यक्ष समाजसेवी एवम युवा नेता अकरम पठानले सबै देशबासीहरुले यस्तै सानो कार्यक्रम गरी आफनै जिल्लामा रहेका गरीब, दिव्यांग तथा असहाय व्यक्तिहरुलाई धेरै नभए यस्तै थोरै सहयोग गरियो भने यस्ता गरिब, विपन्न तथा असहाय ब्यक्तिहरुलाइ ठुलो राहत मिल्ने बताए ।

समाजसेवी एवम युवा नेता पठानले आए दिन यस्ता पुन्यका कार्य गर्दै आएका छन् । उनले स्कुलहरुमा गइ गरिब, असहाय तथा विपन्न विद्यार्थीहरुलाई साइकल बितरण गर्ने इत्यादी कार्यहरु समाजका लागि गर्दै आएका छन् ।

उक्त कार्यक्रममा संघीय सांसद बृजेश कुमार गुप्ता, पवन यादव, अनित बढाई, तरुण क्षेत्री, आरिफ खान, असलम खान, इकÞरार खान, सोनू पासी, अजय कोरी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ