इन्डोनेसियामा अलपत्र नेपालीको भारतद्वारा उद्धार

समाचार

5/25/2020

काठमाडौं, १२ जेठ । पढाइको सिलसिलामा भारत हुँदै इन्डोनेसिया पुगेकी नेपाली चेलीको भारतले उद्दार गरेको छ ।हरियाणमा बीबीए पढ्दै गरेकी उनी तीन महिनाका लागि ‘एक्सेन्ज प्रोग्राम’का सिलसिलामा इन्डोनेसियास्थित एक विश्वविद्यालयमा पढ्न पुगेकी थिइन् ।

उनी इन्डोनेसिया पुगेको केही समयपछि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउन लागूभएसँगै उनी इन्डोनेसियामै रोकिएकी थिइन् ।

यो अवस्थामा इन्डोनेसियाबाट फर्किन निकै समस्या भएको उनले बताएकी थिइन । यसबीच भारतले त्यहाँ रहेका भारतीयहरुको उद्दारका लागि चार्टर्ड विमानको व्यवस्था गरेको थियो । सोही बिमानमा भारतीय दूतावसको प्रत्यक्ष सहयोगमा आफ्नो पनि उद्दार गरिएको उनले बताएकी छिन् ।

उनले आफ्नो नाम सेविका ढकाल भएको र स्थायी घर रत्ननगर–९ चितवन भएको बताएकी छिन् । उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले हुँदा आफू इन्डोनेसियाबाट फर्किन सफल भएकोमा खुशी व्यक्त गरेकी छिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ