काठमाडौं, ५ चैत । ईन्द्रेणी कला प्रतिष्ठान विराटनगर र युवा नेता एवं समाजसेवी विकास मण्डलको संयुक्त सहकार्यमा कोरोना भाइरसबाट बच्न मास्क र साबुन वितरण गरिएको छ ।
बिराटनगर–१६, दरैहियास्थित महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्द्रमा बुधबार पाँच सय थान मास्क र साबुन वितरण वितरण गरिएको हो ।
कार्यक्रममा कोरोना भाइरस कसरी सर्छ, यसका लक्षण तथा बच्ने उपायका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमका अध्यक्ष ईन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक रामा मण्डल, प्रमुख अतिथि वडा अध्यक्ष मनोज सुब्बा, आयोजक विकास मण्डल र प्रतिष्ठानका पदाधिकारीहरु, अतिथिहरु विद्यालयका प्र.अ. दानबहादुर जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मण्डल, वडा सदस्यहरु श्याम मण्डल, अशोक मण्डल र स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा युवा नेता विकास मण्डलले यस्ता सचेतनामूलक कार्यक्रमहरु ल्याई समाजको हकहितका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।
तपाईको प्रतिक्रिया