काठमाडौं, २५ चैत । इस्लाम धर्मावलम्बीहरुको शबे बरात घरमै मनाउन मुस्लिम आयोगले आग्रह गरेको छ ।
आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको आपद्ले देशभर लकडाउन रहेकोले मस्जिद तथा कब्रिस्तानमा नगई घरमै बसेर इबादत (उपासना) गरी मनाउन अपिल गरेका छन् ।
आगामी बिहीबार इस्लाम धर्मावलम्बीहरुको शबे बरात पर्व रहेको छ । शबे बरातको अवसरमा अध्यक्ष अन्सारीले शुभकामना समेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया