उड्डयनमन्त्री भट्टराई र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

समाचार

3/10/2020

काठमाडौं, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्वतयारीको बारेमा कुराकानी भएको हो ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिइन् ।

राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पिडित भएका ८० हजार ९ सय बिरामी मध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन् ।

राजदूत यान्छीले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पुरा सहयोग रहने बताइन् । उनले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व शर्तकता र तयारीको प्रशंसा समेत व्यक्त गरिन् ।

चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उनको भनाई थियो ।

भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको समस्याबाट चीन चाडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गरे । उनले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्था लगायतका बिषयमा सरकारले गरीरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको बताए । उनले कोरोनाभाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेताना मुलक सूचनाहरु पनि प्रवाह गरिएको जानकारी दिए ।

भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्याय लगायत मतहतका निकायका प्रमुखहरुको उपस्थिति थियो । भेटमा नेपालस्थित चिनियाँ राजदूताबासका उच्च अधिकारी सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ