उद्योग वाणिज्य संघ प्रदेश ५ द्वारा कोरोना कोषमा दुई लाख ५१ हजार

समाचार

3/26/2020

परासी, १३ चैत । उद्योगी व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ ले प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु दुई लाख ५१ हजार प्रदान गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको रु १० करोडको कोषमा सो रकम उपलब्ध गराइएको महासङ्घ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिए ।

विपद्मा सरकारलाई जुनसुकै सहयोग गर्न व्यवसायी तयार रहेको उनको भनाइ थियो । कोषमा स्वेच्छिक सहयोग गर्न चाहानेका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाको खाता नं. ३१२०५०३०००३०१ मा रकम जम्मा गर्न आग्रह गरेको छ ।

कोषमा हालसम्म प्रदेशका छ मन्त्रीले एक÷एक महिनाको तलब उपलब्ध गराएका छन् । (रासस)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ