कपिलवस्तु, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान सरकारले आम उद्योगी तथा व्यपारीकहरुको पक्षमा काम नगरेको बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित छैठौँ चन्द्रौटा ओद्यौगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले उद्योगीहरुलाई मार पर्ने कार्यहरु अगाडी बढाएको बताए । साथै ढकालले सरकारले उद्योगलाई चाहिने कच्चा पदार्थ सहज उपलब्धता नगराउनु उद्योगीलाई करको दयारमा मात्र पार्नुले समस्या सृर्जना भएको बताए ।
साथै उनले कपिलवस्तुको चन्द्रौटा कृष्णनगर क्षेत्रलाइ औद्योगिक करिडोरको लागि पहल गर्ने उदघोष गरे ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा भारतका लागि नेपाली पूर्वराजदुत दिप कुमार उपाध्ययले मेला महोत्सवले गर्दा यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
निजि क्षेत्र तथा सरकार विच मतअन्तर रहेकोको कारण आर्थिक विकासमा समस्या पारेको उनले बताए । तिन तहको सरकारले गर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएकोले सरकारले सहज प्रक्रिया गर्नु पर्ने बताए । यस क्षेत्रलाई औद्योगिक करिडोर निर्माणका लागि आफुले पहल गर्ने बताए ।
शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले मेला महोत्सवले गर्दा धार्मिक ऐतिहासिक क्षेत्रका प्रचार प्रसार हुनुका साथै संरक्षित भएको बताए ।
राजपा नेपालका केन्द्रिय सचिव रविदत्त मिश्राले मेला महोत्सवले गर्दा समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने बताए । मेलामा स्थानीयय उत्पादन तथा कृषिमा विशेष जोड दिनु पर्ने बताए ।
व्यपार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले कपिलवस्तुमा प्रदेशको राजधानी राख्नाका लागि सहज पहल गर्दा अति उत्तम हुने बताएृ ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक संयोजक जमशेर अलिले मेला महोत्सवले कपिलवस्तुको गरिमा बढाएको बताए । मेलामा कपिलवस्तुका विभिन्न ऐतिहासिक स्थलको प्रचार प्रसारका लागि पहल गरेको बताए ।
सोमबार देखि सुरु भएको महोत्सव पुष २६ गतेसम्म लाग्ने मुल आयोजक समितिका संयोजक जमसेर अलिमियाले जानकारी गराए ।
तपाईको प्रतिक्रिया